बादलमा फेरि आउनेछन् येशू राजा
यही आशामा हाँसी देऊ ।
आँशुलाई थामी देऊ । बादलमा......।
01
तिमीले मुटु बाँधेर, कारागरहरूमा पर्खेका छौ
तिमीले निन्दा चोटहरू, उनका निम्ति भनी खपेका छौं
साथी समाज छुटेर जाँदा, आकाशमा उनलाई कुरेका छौ- २
निश्चय नै प्रभु आउनेछन्, यही आशामा,
तिम्रो धीरजलाई नहराऊ, केही बेर पर्खी देऊ ।
02
तिम्रो नामलाई पनि उनले जीवनको किताबमा लेखेको छ
तिम्रो ठाउँ उनले आफ्नो घरमा अनन्तसम्म तोकेको छ
तिम्रो ह्रदय दुःखित नबनोस् उनको वचन सधैं याद गर-२
बादलमा....