Hymn 97
अन्तको चिन्ह देख्नेछौं प्रभुको आगमनमा,
ChorusCh.
स्वर्गीय महिमामा चम्किलो वस्त्रमा,
प्रभु आउनेछन् संसारमा बादलको सवारीमा।
01
अन्तको चिन्ह देख्नेछौं प्रभुको आगमनमा,
दुःख, लड़ाईं, अनिकाल हुनेछन् संसारमा,
पाप, दुःख ज्यादा बढ़नेछन् सारा विश्वभरमा
निश्चय नै प्रभु आउनेछन् तुरहीको शब्दमा ।
02
माता कै गर्भबाट नै मानिस पापमा जन्मन्छन्,
दुष्ट छली, पापी ह्रदय भएका सबै हुन्छन्
ह्रदयका रोग यिनै हुन्-चोरी, हत्या, व्यभिचार,
कुदृष्टि, निन्दा, दुष्टता, लोभ, ड़ाहा, कुविचार।
03
यस्ता घीनलाग्दा पाप लिई स्वर्ग पस्न सक्तैनन्
दान, पुण्य प्रार्थना गरेर शुद्ध हुनसक्ने छैनन्,
येशूले आफ्ना प्राण दिए पापीहरू बचाउन,
क्रूसैमा रगत बगाए घीनलाग्दा पापलाई धुन ।
04
जीवन मानिसको के छ र ! पलकमा प्राण निस्कन्छ,
कुटुम्ब, धन-सम्पति छोड़ी नरकमा पर्न जान्छन्,
किन नरकमा पर्दछौं ? ख्रीष्ट तयार छन् बचाउन,
पाप-मार्गदेखि फर्की आऊ, विश्वास गरी मुक्ति लेऊ ॥