ChorusCh.
ख्रीष्ट मेरा मुक्तिदाता हुन्, उनी हुन् मित्र पापीको
सदा स्तुति होस् प्रभुको, आदर, महिमा उनैको ।
01
येशू संसारको ज्योति हुन्, येशू स्वर्गको बाटो हुन्
येशू तारणहार हुन्, पापीको केवल सहारा हुन् ।
02
त्यागे येशूले स्वर्गीय-सुख, उठाउन पापीहरूका दुःख
दिए येशूले क्रूसमा प्राण, गराउन पापीहरूको त्राण।