01
ए हतास - हतास जिउनेहरू, ए हतास भएका मनहरू,
ए निराश - निराश आँखाहरू, विवशतामा रूने प्राणहरू,
नयाँ गरी ख्रीष्टमा जन्म लेऊ, नत्र जीवन व्यर्थै जानेछ।
02
जीवनदेखि थाकेकाहरू, अविश्वास गरी भाग्नेहरू,
मनका ती सबै व्यथालाई, येशूको अगाडि राखिदेऊ,
हात फैलाई मागे निश्चय नै, तिमीलाई यो दान उनले दिनेछन्।