Hymn 92
मृत्युपछि तर, जीवन अर्को छ, विश्वासी सबैलाई,
ChorusCh.
एकबारको जुनी यो, लानु त के छ र, मरेर जाने हो,
जीवन यहाँ यो, अमर छैन नै, माटोमा मिल्ने हो ।
01
मृत्युपछि तर, जीवन अर्को छ, विश्वासी सबैलाई,
विश्वास गरौं न, स्वर्गीय पितालाई।
02
क्रूसको निर्दयी मृत्युलाई सहनु, प्रभुनै आउनुभो
उनैले हाम्रो पाप, उठाई लानुभो ।
03
जस-जसले उनमाथि विश्वास गर्नेछ, नाश हुनेछैन नै,
पाउनेछन् तिनैले, अनन्त जीवन ।