Hymn 90
फुकाली बन्धन सारा, आफ्नै रगतले धोएर
01
फुकाली बन्धन सारा, आफ्नै रगतले धोएर
सित्तैमा कोशेली अनन्त जीवनको,
तिमी- मलाई दिई जानुभो,
हाम्रो पापको लागि है साथी
बलि भो ईश्वरको पुत्र,
तिमी भन्छौ बलिदान यस्तो,
मैंले कतै ( देखिनँ) - २
मैंले चार.........।
02
अन्धकारभित्र बसेर, उज्यालो थाहा के गर्ने ? -२
तिमीलाई ज्योतिको रहस्य खोलेर
दुनियाँको बत्ती बनाउँछन्,
अविश्वासमा होइन है साथी !
अन्तर छ जीवन मृत्युको,
त्यागे उनलाई पराय सम्झी,
अरू कोही (छैन नै)-२
मैंले चार.........।