ChorusCh.
कसलाई सुनाऊँ व्यथाहरू, कसलाई पोखाऊँ वेदनाहरू
सुनेका छौं ख्रीष्टले धीरजसाथ, सुनिदिनु हुन्छ है।
01
प्रेमका मीठा वाणीहरू सब, सित्तैका ती वरदानहरूलाई
किन लत्याउने व्यर्थेमा, चाँडै आऊ लिन आशिषहरू
ख्रीष्टमा पूर्ण छ सबै मागहरू ।
02
संसार सबै हात पारेपछि, आत्मालाई नै हराई यहाँ,
के लाभ भो तिमीलाई, ख्रीष्ट तयार छन् आत्मा बचाउन
अर्पण गर है तिम्रो जीवनलाई।