Hymn 9
ईश्वर उपस्थित छन् भजौं अब उनलाई
01
ईश्वर उपस्थित छन् भजौं अब उनलाई
मनमा डर र भक्तिसित
ईश्वरको मन्दिरमा, शान्तिसँग सबै
भक्तिसाथ चरणमा परौं
ती आँफै ईश्वरलाई भजौं उनलाई सदा प्रभु मुक्तिदाता ।
02
ईश्वर उपस्थित छन् सुन स्वर - वीणाको
सब पवित्र भक्तजनले ।
सिंहासन घेरेका पवित्र - पवित्र भन्दै
दूतगणसँग सोर उचाल्दै
सुन्नुहोस् हे प्रभु लाउनु होस् कान सुन्न
हाम्रो अयोग्य स्तुति।
03
हे आशिषका स्रोत पार्नुहोस् शुद्ध मन मेरो
गरौं उनको गुणमा विश्वास ।
तपाईंको दर्शन पाई, दूतगणले गरे झैं
हामी सदा भजिरहौं
तपाईंका मण्डलीमा; तपाईंका इच्छाको
फैलियोस् राज सदा ।