01
ईश्वरको प्रेम छ कति महान वर्णन गरी नसकिने
तारागणदेखि अझ उच्च पातालसम्म फैलिएको
विश्राम रहित आत्माको लागि ईश्वरले पुत्र दिए
पापको कालो दागलाई मेटाई हिऊँजस्तो सेतो पारे
ChorusCh.
ईश्वरको प्रेम कति प्रशस्त छ बहुमूल्य अपार
सँधैभरि दूतगण समस्त गाऊँछन् त्यसको जय जयकार
02
अफशोसी दिन जब बित्नेछन् सांसारिक राज्य नाश हुनेछ
प्रार्थना नगर्ने हरेक जन मृत्यु भनी बोलाउनेछ।
ईश्वरको प्रेम रहने अझै कति छ दृढ़ र महान
अनुग्रह आदम वंशलाई भनी गाउनेछन् दूतगण।
03
समुद्र मसीले भरेको आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बनेको र हरेक मानिस लेखक भए
लेख्न ईश्वरको महान प्रेम समुद्र सुकी जान्थ्यो
न त अटाउँथ्यो आकाशमा वर्णन त्यो दिव्य प्रेमको ।।