Hymn 7
महान सृष्टिकर्ता परमेश्वरको जय !
01
महान सृष्टिकर्ता परमेश्वरको जय !
संसारलाई प्रेम गरी ख्रीष्ट पुत्र दिए
जो प्राण आफ्नो त्यागी भने तारणहार
र सबैका लागि खोले स्वर्गद्वार।
ChorusCh.
स्तुति गाऊ, स्तुति गाऊ उनको वचन सुनाऊ
स्तुति गाऊ, स्तुति गाऊ सबै मिली रमाऊ
येशू पुत्रद्वारा पिताकहाँ आऊ
र ईश्वरको जय जयकार स्तुति चढ़ाऊ ।
02
हो रगतले किनेको पुरा उद्वार
विश्वासीहरूलाई ईश्वरको करार
जो सबभन्दा तुच्छ त्यो विश्वास गरे
त्यसलाई क्षमा गर्छन् झट्टै येशूले ।
03
दिए महान शिक्षा, गरे महान काम
महान छ ख्रीष्ट येशूमा हर्ष इनाम
तै यसभन्दा बढ्ता छ आनन्द अपार
हामी जब हेरौंला ख्रीष्टको मुहार।