01
उनले हामीलाई प्यार गरी कत्तिपल्ट बोलाईसके (२)
किन ढिलो गरीबस्ने, जब उनले प्यार गर्छन्।
02
रंगीन आशा देखाई दिई, भूल्याउँछ यस संसारले (२)
खोक्रो छन् यी सब चीज, मेटी जानेछन् एकदिन।
03
जब ख्रीष्टमा रहन्छौं हामी तब कसले छुटाऊला (२)
त्यस अनन्त जीवनभरी, सदा प्रभु साथ मिली।।