ChorusCh.
विश्वास गरी प्रभुको चरणमा आऊ
आफ्नो भूललाई स्वीकारी उहाँमा क्षमा पाउन
उहाँ आए संसारमा बचाउन हामी सबैलाई
केवल उनमा छ मुक्ति, उनी हुन् साँचो गोठाला ।
01
कलवरी डाँडामा येशूलाई झुण्डिएको आज हेरी देऊ (२)
केवल तिम्रै निम्ति मात्र उहाँले आफ्नो प्राणसम्म दिनुभो।
02
उनको प्रेमी बोलाहट सुनीदेऊ, आफ्नो ह्रदय उहाँलाई खोलीदेऊ (२)
उहाँ आउनु हुनेछ तिमीभित्र, दिनलाई अनन्त जीवन ।