Hymn 85
धर्मीलाई त होइन तर बचाउन आए पापीलाई,
ChorusCh.
देखेको छौ के तिमीले, मेरा मुक्तिदातालाई
सुनेका छौ के तिमीले उनको मधुर वाणीलाई (२)
01
धर्मीलाई त होइन तर बचाउन आए पापीलाई,
मृत्युदेखि पार तारी, अनन्त जीवन दिनलाई (२)
02
हामीलाई पीर के छ, चढ़े येशू क्रूसमा,
हात-खुट्टा झुण्डिए, काँटीको गहिरो चोटसाथ (२)
03
शिरबाट बगे रगत, उनिए भाला कोखमा
निर्दोष थिए प्रभुजी सहनु थियो हाम्रो पाप (२)