Hymn 84
पापी जगतमा आई परालैमा सुते
ChorusCh.
गाऔं गीत मिलेर जय-जय भनौं मिलेर
इम्मानुएल प्रभुको त्राणकर्ता प्रभुको (२)
01
पापी जगतमा आई परालैमा सुते
मानवको चोला लिई सुख-दुःख बुझे (२)
02
तीसै वर्ष पुगी धर्म वचन प्रचारे
क्रूसैमा बलि भई मुक्तिद्वार खोले (२)
03
तीन दिन चिहानमा रही, अधलोक अङ्गाले
तेस्रो दिन जिई उठी, अमर जीवन दिए (२) ।