Hymn 83
माया र मोह बाँचुञ्जेलसम्म संसारमा दुई दिनको
01
माया र मोह बाँचुञ्जेलसम्म संसारमा दुई दिनको
धर्म र कर्म सबै व्यर्थ छन् यो तिमी बुझ लौ- २
शिरमा मुकुट काँडाको लगाई झुण्डिए क्रूसमा
पापीलाई मुक्तिदान दिन मरे यो कुरा बुझ लौ ।
02
बाँच्नलाई मान्छे सँधै नै खोज्छ जीवनको सहारा
पापको वशमा डुबेको मान्छे एउटै छ किनारा - २
बाटो र सत्य जीवन छ है ख्रीष्ट येशू प्रभुमा
विश्वास गरी हे मेरा भाई, जीवन लेऊ उनैमा ।