Hymn 82
पापको श्राप मेट्नलाई येशूजी आउनुभो
ChorusCh.
बन पाखा गुञ्जाईदेऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले !
01
पापको श्राप मेट्नलाई येशूजी आउनुभो
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनुभयो
स्वर्गको ढोका खोलेछ उनैले कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई,
सम्झाइदेऊ सबैलाई !
02
हारको जीवन छैन यहाँ अंधेरी जगतमा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा
खोज्नेहरूलाई जीवन छ कलवरी पाखामा
के नै पो थियो मान्छेको मोल आफ्नै आँखामा
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई,
सम्झाइदेऊ सबैलाई !