Hymn 81
जगत् संसार केही पनि छैन, सुन दाज्यु भाई
01
जगत् संसार केही पनि छैन, सुन दाज्यु भाई
विश्वास गरौं हामी सबले, मुक्ति पाउनलाई (२)
ChorusCh.
ख्रीष्ट येशू छन्, (३) तयार मुक्ति दिनलाई ।
02
लोभै गर्छौ, लालच गर्छौं, संसारको थोकलाई,
यी सबै थोक केही पनि होइन, साथमा जानलाई । (२)
03
आऊ सबै विश्वास निश्चय गरौं, मुक्ति पाउनलाई,
येशू बाहेक कोही छैन, छैन केही उपाय। (२)
04
दिदी-बहिनी, दाज्यु-भाई हो सुन मन लगाई,
ख्रीष्ट येशू तारणहार, निम्तो छ सबैलाई।। (२)