Hymn 77
गर बखान पुरानो स्वर्गलोकका कुराको
01
गर बखान पुरानो स्वर्गलोकका कुराको
येशूको महिमाको ख्रीष्ट येशूको प्रेमको
गर बखान सजिलै, साना बालकलाई झैं,
निर्बल अनि चिन्तित छु, म अति निःसहाय ।
ChorusCh.
गर बखान पुरानो (३) ख्रीष्ट र उनको प्रेमको ।
02
गर बखान बिस्तारै म बुझ्न सकुँ बात,
उदेकको त्यो उद्वारै, मेट्ने जो सबै पाप,
गर बखान दोहोऱ्याई, छिट्टै बिर्सन्छु म,
दिउँसोसम्म नरहने, बिहानको शीत जस्तो ।
03
गर बखान पुरानो, धीरज, विश्वासको साथ,
याद राखी म हुँ पापी, अधर्मी, कमजोरी,
गर बखान गर समय, गोहारे साँचो हौ,
दुःखमा म जब हुन्छु, सान्तवा मेरा हौ।
04
गर बखान पुरानो, मलाई जब देख्छौं,
यस लोकको व्यर्थ, मानको, इच्छा धेरै गर्छु,
अँ जब म खोज्दछु, परलोकको सच्चा मान,
गर बखान पुरानो, दिन्छन् येशूले त्राण ।