01
आऊ येशूकहाँ आऊ आजै हे भाई,
सुन उनको निम्तो मान अहिले नै,
उ नजिक छन्, आशिष् दिनलाई,
भन्दछन्, आऊ मकहाँ ।
ChorusCh.
आनन्द, आनन्द गरौंला सँधै
खुशी हौला जब निष्पापी भई,
बसौला सँधै साथ येशूकै अनन्त घरैमा ।
02
हे पापी, आऊ सुन प्रभुको बात,
दीन मनका भई समाऊ ख्रीष्टको हात,
आउँछन् जो उकहाँ सब पाउँछन् सुख,
काटिन्छन् तिनका दुःख।
03
आऊ येशूकहाँ विचार गर भाई,
छन् उनी नजिक वर दिनलाई,
आऊ सबै छिटो येशूकहाँ आऊ,
आशिष् सँधैँको लेऊ ।।