ChorusCh.
पवित्र आत्मा आऊ-२
मलाई लैजाऊ येशूको चरणमा,
पवित्र आत्मा आऊ ।
केवल तिम्रै लागि, येशू तिम्रै लागि- ३
हात उचाल्दछु, पवित्र आत्मा आऊ ।
01
शिर झुकाउँदै, दण्डवत गर्दै
आउँछु तपाईंको चरणमा
केवल तिम्रो लागि, येशू तिम्रो लागि-३, म शिर झुकाउँदछु ।
पवित्र आत्मा आऊ...........।
02
येशू नै बाटो हुन्, येशू नै सत्य हुन्,
येशू नै जीवन हुन्, येशू नै दाता हुन्।
केवल तिम्रो लागि, येशू तिम्रो लागि-३, हात उचाल्दछु।
पवित्र आत्मा आऊ...........।