Hymn 71
पवित्र आत्मा अगुवा सँधैं साथमा हुनुहोस्,
01
पवित्र आत्मा अगुवा सँधैं साथमा हुनुहोस्,
म छु परदेशी यहाँ डोऱ्याउनु होस् हे प्रभु,
थकित प्राण रमाउने छ सुनेर तपाईंको शोर,
यसो भन्दै गरेको-आइज डोऱ्याउँछु तँलाई ।
02
सँधैं साथमा बस्नुहोस् गोहार दिइरहने तपाईं,
अन्धकारको माझमा प्रभु नछोड़नोस् मलाई
जब आँधी चल्दछ जब सानो हुन्छ मन
भन्नु हवस् बिस्तारै आइज डोऱ्याउँछु तँलाई।
03
मेरो बेला आइपुग्दा जानु तपाईं, छेउ वहाँ,
जब स्वर्गलाई सम्झन्छु आशा गर्दै इनामका,
बसिकन यो ठाउँमा हेर्छु जब तपाईंलाई
भन्नु हवस् विस्तारै आइज डोऱ्याउँछु तँलाई ।