Hymn 70
पवित्र आत्मा आउनुहोस्, तुल्याउनुहोस् मेरो मन निर्दोष
01
पवित्र आत्मा आउनुहोस्, तुल्याउनुहोस् मेरो मन निर्दोष
होइ रहनोस् ज्योति अगुवा, चलाउनुहोस् सोच, बात, बेहोरा।
02
देखाउनुहोस् सत्यको ज्योति म हिँडू देखाइएको झैं,
लगाउनोस् मेरो मनमा डर म हिँडू आज्ञा अनुसार।
03
सँधैं पापदेखि राख्नोस् दूर रूँगाई गरी पूरापूर,
डोऱ्याउनोस् ईश्वर भए ठाउँ म उनको आड़मा विश्राम पाऊँ।
04
डोऱ्याउनोस् ख्रीष्ट गोठालाकहाँ म जिऊँ उनको खर्क पाई,
डोऱ्याउनोस् मलाई स्वर्गमा सुख छ अजम्मरे जहाँ।
05
डोऱ्याउनोस् पवित्रेइमा म बस्न पाऊँ ईश्वरकहाँ,
डोऱ्याउनोस् वचन अन्सारको म सिकुँ उनको ज्ञान अपार ।
06
डोऱ्याउनोस् गरी उपकार, म पाऊँ खाँचोको गुहार,
डोऱ्याउनोस् मलाई तपाईंकहाँ अनुग्रह हितका मूल तपाईं ।
07
तपाईंले डोऱ्याउनु भाको सन्तान म हुन्छु ईश्वरको,
भई उनको कुलमाको यहाँ परलोकमा गर्छु राज उनकहाँ।