Hymn 69
आकाशभन्दा उच्च-उच्च छ नाउँ (२)
01
आकाशभन्दा उच्च-उच्च छ नाउँ (२)
सागरभन्दा गहिरो-गहिरो छ प्रेम (२)
आसमानभन्दा विशाल-विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको।
ChorusCh.
यसैले गर्छौं प्रशंसा, गाउँछौं महिमा उनै येशूको-२
02
वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम (२)
आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम (२)
स्वर्ग छोड़ी आउनुभो, क्रूसैमा मर्नुभो
मृत्युलाई जित्नुभो हामीलाई मुक्ति दिनलाई ।
03
सारा सृष्टिले ढोग्नेछ, सबै घुँडाहरू टेक्नेछन् (२)
निर्बल बलियो हुनेछ, लाटोले पुकार्नेछ त्यो नाउँ (२)
अन्धोले देख्नेछ, बहिरोले सुन्नेछ
मुर्दा बिउँतनेछ, उनैलाई महिमा दिनलाई ।
07
पवित्र आत्मा