Hymn 66
आशा गर्दछौं व्यर्थमा यो विद्या बुद्धि धनमा (२)
ChorusCh.
जीवनको के भरोसा दुई दिनको जीवन खेलमा
प्रभुको स्तुति गाऔं, प्रभुको स्तुति गाऔं, प्रभुको स्तुति गाऔं ।
01
आशा गर्दछौं व्यर्थमा यो विद्या बुद्धि धनमा (२)
लिएर घमण्ड मनमा लाभ हुन्न यो जीवनमा (२)
02
हे ख्रीष्टिय जन हो जाग पापमय जीवनलाई त्याग (२)
स्वर्गीय आशिष् माग प्रभुको निम्ति जाग (२)
03
करूणासागर येशू उनी हुन् हाम्रा सहारा (२)
प्रभुकहाँ हामी जाऔं प्रभुको स्तुति गाऔं ।। (२)