01
सारा भूलोक भरमा पापीहरूलाई, येशू मात्र छन् शुद्ध गर्नलाई
उनको मीठो वाणी सुन मन लगाई, चढ़ाउँदै ह्रदय भेटी उनलाई।
02
हाम्रा सारा मनमा पापै मात्र छ, जहाँ-जहाँ हेछौं पापै सम्झन्छौं
दुष्ट मनले गर्दा जीवन नाश हुन्छ, पछ्ताउने जनलाई घड़ी यो छ।
03
येशू हाम्रो लागि संसारमा आए, हाम्रा आत्मालाई अति प्रेम गरे,
क्रूसमा कोखाबाट रगत बगाए, धुनलाई हाम्रो पापी ह्रदय,
04
नरकभन्दा ठूलो दण्ड केही छैन, जहाँ सँधै आगो गन्धक निभ्दैन,
फर्कों आज सबै चढ़ाऔं ख्रीष्टलाई मन, रमाउँदै गरौं उनको भजन।