Hymn 60
प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको त्यागलाई (२)
ChorusCh.
महान् प्रभु अति उच्चमा दूतगणले गर्छन् महिमा
हे प्रभु, तपाईंको मण्डली आराधना गछौं तपाईंलाई (२)
01
प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको त्यागलाई (२)
सम्झन्छु क्रूसको दुःखलाई, अर्पन्छु सर्वाङ्ग तपाईंलाई (२)
02
आउनुभो प्रभु हाम्रो माझमा, जड़िएको मन मन्दिरमा (२)
भरपूर छु, भरी रहन्छु, झन् नजीक हुन चाहन्छु (२)
03
महिमा आदर र धन्यवाद सर्वदा गर्दछु दण्डवत् (२)
तपाईंको गम्भीर प्रेमको सागरमा डुबें प्रभु म (२)