01
प्रभु येशू हाम्रो प्रकृतिको राजा
ईश्वरको पुत्र र मानिसको
तपाईंलाई हे प्रभु, स्तुति चढ़ाउँदछु
महिमा, मुकुट, हर्ष मेरो।
02
चउर रमाइला छन् वन झन् रमाइला छन्
वसन्तको शोभाले ढाकेको,
येशू झन राम्रो, येशू छन् चोखो,
हटाउँछ जसले दुःख हाम्रो ।
03
घामको किरण राम्रो, जूनको ज्योति चहकिलो,
आकाश ताराले भरेको,
येशू झन चम्किलो, येशू छन् उज्यालो,
उनी हुन् स्वर्गको प्रभु ।
05
सुन्दर उद्धारकर्ता, सर्व जातिको मालिक, ईश्वरको पुत्र र मानिसको
महिमा-प्रशंसा, आदर र भक्ति, आज र सधैं, होस् तपाईंको ।।