Hymn 57
सुन, नयाँ गीत गाउँदैछन् मुक्ति पाउनेहरू,
01
सुन, नयाँ गीत गाउँदैछन् मुक्ति पाउनेहरू,
स्तुति प्रभु र थुमाको यसो भन्दै गाउँछन्।
ChorusCh.
प्रेमले आफ्नो लहूमा धोई शुद्ध पारी
हाम्रो आत्मालाई बचाउने प्रभुलाई महिमा ।
02
हाम्रो वस्त्र उज्यालो छ धोई उनको लहूमा
हाम्रो मनमा सब शान्ति छ उनको स्वर्गे ज्ञानमा ।
03
उनको लहूको शक्तिले निर्बल भयो शैतान,
उनको सत्यको प्रतापले हामी भयौं जयमान ।
04
जीवनको ज्योति येशूलाई ईश्वरको थुमालाई,
महिमा, आदर र शक्ति दिन्छौं तन-मन चढ़ाई ।।