01
राजा परमेश्वरको सृष्टि शोरले आफ्नो राग उचालि
गाऊ स्तुति हल्लेलूयाह !
हे घाम सुनौलो प्रतापी, हे जुन मधुर शीतल ज्योति।
ChorusCh.
गाऊँ स्तुति, उनको स्तुति हल्लेलूयाह ! हल्लेलूयाह ! हल्लेलूयाह !
02
हे हावा जोरमा सामर्थी, हे बादल आकाशको तिमी
गाउ स्तुति हल्लेलूयाह !
बिहानको ज्योति स्तुति गाऊ साँझको ज्योति स्तुति गाऊँ ।
03
हे सफा धारा बग्दै जाऊ प्रभुको स्तुति गाउँदै जाऊ
हल्लेलूयाह ! हल्लेलूयाह !
हे आगो जो छौ रापिलो मानिसलाई दिँदै उज्यालो ।
04
हे पृथ्वी अति प्यारो दिन्छौ सबलाई धेरै कुरो
गाऊ स्तुति हल्लेलूयाह !
हे आगो जो छौ रापिलो मानिसलाई दिँदै उज्यालो ।
05
सब नम्र मनका स्तुति गाऊ माफ दिई सधैं स्तुति गाऊँ
हल्लेलूयाह ! हल्लेलूयाह !
हे दुःख सहनेहरू हो सहायता लिँदै प्रभुको ।।
06
हे मरण दिन्छ जो विश्राम, जब गरीसक्यो आफ्नो काम
गाऊ स्तुति हल्लेलूयाह !
ईश्वरको बालक स्वर्गलाई, देखाउँछ बाटो येशूकै ।
07
सब थोकले गाऊन् धन्यवाद, दीन भई गरून सँधै याद
गाऊ स्तुति हल्लेलूयाह !
पितालाई स्तुति पुत्रलाई, आत्मालाई पनि गाऊ जय ।।