Hymn 54
पंक्षीहरूको कलरव आज बेग्लै छ शीतको थोपा बेग्लै छ
01
पंक्षीहरूको कलरव आज बेग्लै छ शीतको थोपा बेग्लै छ
पवन र फूल झुमी भन्छ उठ जाग र मानव प्रभु बौरेछ।
02
कोपिलाहरू आज यहाँ फक्रिदिन्छ डाली-ड़ालीमा चरी उफ्रिदिन्छ
एकै चोटी सबले भन्छ उठ जाग मानव प्रभु बौरेछ ।
03
बाटो खोज्नेलाई बाटो यहाँ छ है सत्य खोज्नेलाई यहाँ सत्य छ है
मुक्ति चाहने शान्ति खोज्ने बाटो, सत्य, जीवन प्रभु येशू नै।
06
ख्रीष्टको स्तुति