ChorusCh.
बौरी उठे प्रभु हाम्रो जय जय गाऊँ उनको ।
शैतानमाथि जयवन्त हुँदा उद्धार भो सबको। (२)
01
मृत्यु बन्धन तोड़ी उनले जगत उद्धार गराए
हाम्रो पापको दाग मेटाउनु (२) क्रूसमा प्राण त्यागे (२)
साना ठूला जगत सबलाई उनले बचाए (२)
02
तेस्रो दिनमा बौरी उठ्दा उनका शत्रु लजाए
अविश्वासी विश्वास गर्दै (२) उनका पाऊ परे (२)
सत-उद्धारक येशू भन्दै गाउँ-ठाउँ सुनाए। (२)
03
ईश्वर प्रेमी पुत्र दिने के चढ़ाउने उनैलाई
संसार उनकै स्वर्ग उनकै (२) सारा सृष्टि नै (२)
धन्यवाद चढ़ाउँ हामी सबले चूर्ण र दीन मन भई ।