Hymn 52
कबरभित्र थिए, ख्रीष्ट मेरो प्रभु
01
कबरभित्र थिए, ख्रीष्ट मेरो प्रभु
पर्खिन्दै थिए समय पुरो हुनु ।
ChorusCh.
कबरदेखि जिई उठे, जयको ध्वनिसँग जिई उठे
अन्धकारको राज्यलाई हटाइकन,
ज्योतिमा राज गर्न सन्तहरूसँग,
ख्रीष्ट येशू जिई उठे, हल्लेलूयाह, ख्रीष्टको जय!
02
ढुङ्गामा छाप लगाई, पहरा राखे,
व्यर्थैमा चिहानलाई रक्षा गरे ।
03
मृत्युले सकेन, रोक्न प्रभुलाई
ख्रीष्ट येशू जिई उठे जयवन्त भई ।