Hymn 51
प्रभु ख्रीष्ट जिइ उठे नै, दूत र मान्छे भन्दछन्,
01
प्रभु ख्रीष्ट जिइ उठे नै, दूत र मान्छे भन्दछन्,
स्वर्गे दूत र मान्छे जात, सबले हल्लेलूयाह भन
प्रेमको त्राणको काम सिद्धियो, प्रभु विजयी भए,
प्रभु फेरि मर्दैनन्, हाम्रो शोकका दिन बिते।
02
पहरा ढुङ्गो छाप व्यर्थ भो, नर्कको दैलो फोरियो,
मृतले व्यर्थै ख्रीष्ट रोक्यो, ख्रीष्टले स्वर्गको द्वार खोल्यो,
त्राणको लागि उ मर्‍यो, जीवन्त राजा छ जिउँदो,
मृतु कहाँ छ तेरो खिल, कबर कहाँ जय तेरो ।
03
आफ्नो जीवन्त प्रभुलाई, पछ्याउँदै जाऊँ,
हामी उनी झैं बनाइयौं, उनी जस्तै उठ्नेछौं।
जग र स्वर्ग हाम्रो भो, स्वर्ग दूत र मान्छे हो,
दुवै लोकको स्वामीको, जय-जय गाउँ सँधैको।।