Hymn 50
आज जिई उठे येशू नै, हल्लेलूयाह !
01
आज जिई उठे येशू नै, हल्लेलूयाह !
आनन्द, जयको दिन हो यो, हल्लेलूयाह !
ख्रीष्टले क्रूसमा प्राण दिए, हल्लेलूयाह !
त्राणको काम पूरा गरे, हल्लेलूयाह !
02
धन्यवादको गाऊ गीत-गान, हल्लेलूयाह !
स्वर्गे राजा ख्रीष्टको मान, हल्लेलूयाह !
मृत्यु क्रूसको बोके भार, हल्लेलूयाह !
उनको बाटो छ उद्धार, हल्लेलूयाह !
03
सहे उनले कष्ट नै, हल्लेलूयाह !
मुक्ति दिन सबैलाई, हल्लेलूयाह !
स्वर्गमा उनी राज गर्छन्, हल्लेलूयाह !
दूतगण उनको जय गाउँछन्, हल्लेलूयाह !
04
मृत्यु विजयी ख्रीष्टको जय, हल्लेलूयाह !
प्रेमको राजा ख्रीष्टको जय, हल्लेलूयाह !
दूतगणसँग गाऊँ सबै, हल्लेलूयाह !
जय-जय ख्रीष्ट येशूको जय, हल्लेलूयाह !