ChorusCh.
कलवरी डाँडाको महा दुःख सहनुपयो प्रभुले
मजस्तो पापीलाई बचाउनु क्रूसैमा प्राण दिए
01
कतिको निन्दा, कतिको थूक, कतिको भनाइ सहेर (२)
त्यो गह्रौं क्रूस बोकेर गलगथा पुऱ्याए।
02
सिपाहीहरू मिलेर येशूलाई क्रूसमा चढ़ाए (२)
उनैका वस्त्र फुकाई चिट्ठा लगाए ।
03
हातैमा काँटी, पावैमा काँटी ठोके दुश्मनहरूले (२)
कोखामा भाला हानेको सहे प्रभु येशूले।
04
जब क्रूसमा चढ़ाए, येशूकी माता मरियम (२)
रूँदै-रुँदै आइपुगिन् येशूको छेवैमा ।
05
हे दाज्यू-भाइ, हे दिदी बहिनी, पश्चाताप गरौं हामीले (२)
दिनेछन् हामीलाई मुक्ति प्रभु येशूले ।