01
कलवरी डाँड़ाको पुरानो क्रूस काठको,
झलझली हेर्दै म याद गर्छु,
संसारको लागि नै थुमा भई ईश्वरको,
निष्पापी येशू बली भाको।
ChorusCh.
छोड़ने छैन म प्यारो क्रूसलाई,
छोड़नु परे पनि अरूलाई,
संसार यो जब छोड़ी जान्छु,
मुकुट महिमाको म लाउँछु।
02
संसारले त्यागेको र घृणा गरेको,
कति प्यारो मलाई छ त्यो क्रूस,
कारण मुक्ति दिनु पापीलाई जस्तो, प्रभु येशू ख्रीष्ट बली भाको।
03
कलवरी डाँड़ाको कति सुन्दर त्यो क्रूस,
पवित्र रगतको दागसरी,
याद गराउँछ दुःख प्रभुले सहेको,
गर्न उद्वार सबै पापीको ।
04
जीवनभरि मेरो विश्वासी रहन्छु,
क्रूसको संकट म सहन्छु,
शेषमा स्वर्गे मेरो घरमा जब जान्छु,
ख्रीष्ट प्रभुसँग सँधै बस्छु ||