01
हरियो डाँडा एउटा थियो बाहिर शहरको,
ख्रीष्ट प्रभु मारिए जहाँ बचाउन सबलाई हो ।
02
सङकट क्लेश भोग्नु भो कस्तो वर्णन छ असाध्ये,
विश्वास गर्छौं हामी यस्तो हाम्रै लागि सहे।
03
हाम्रो पाप क्षमा दिनु दान प्राण आफ्नो दिनु भो,
पाओस् सारा जगतले त्राण, बचाई रगतले जो।
04
छैन अरू कोही तारणहार पाप भार जगको,
खोल्छन् उनले मात्रै स्वर्गद्वार प्रवेश निम्ति सबको।
05
प्रेम कति साह्रो गरेछन्, होऔँ उस्तै प्यार गर्ने,
उनमा गर विश्वास सबैजन गरौं खुश पार्ने ।।