01
म जब क्रूसलाई हेर्दछु जसमाथि ख्रीष्टले त्यागे प्राण,
आफैंलाई तुच्छ म सम्झन्छु उनैलाई दिन्छु आदर मान ।
02
यसमा मात्र घमण्ड गर्छु कि मेरा प्रभु मर्नु भो
सुख-विलास छोड़ी याद गर्छु ख्रीष्टको रगतले मुक्ति भो ।
03
उनको शिर, हात र पाउदेखि भलभली रगत बहेथ्यो,
प्राणान्त र दुःख सहेको हामीलाई मुक्ति दिनुथ्यो।
04
तपाईंको प्रेमको साटोमा केही छैन दिनु योग्य दान
हे प्रभु येशू, लिनुहोस् मेरो जीवन, आत्मा र प्राण ।