Hymn 42
मसँग आऊ भाई, शोक गरौं मुक्तिदाताको छेवैमा
01
मसँग आऊ भाई, शोक गरौं मुक्तिदाताको छेवैमा
हामीहरू विलाप गरौं ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
02
सब मानिसले निन्दा गर्दा के आसुँ आउँदैन हाम्रो,
हे भाई, कत्रो साहस थियो ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
03
सातै खेप बोले प्रेमको बात तीन घण्टासम्म चुप रहे
मानिसलाई मुक्ति दिनलाई ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
04
पिलात, यहुदाको जस्तो स्वार्थी कठोर हृदय हाम्रो,
दीन अनि नम्र अहिले हो ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
05
ह्रदय चकनाचूर भएको आँशु हाम्रो पश्चतापको,
ग्रहण हुन्छ भेटी स्वरूप ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।
06
ईश्वरको प्रेम, पाप मानिसको क्रूसैमा सबै जाँचियो,
हुन्छ अन्तमा प्रेमको जय ख्रीष्ट प्रभु क्रूसमा टाँगिए ।।