01
महान ईश्वर बिचार्छु काम तपाईंको,
अचम्भको यो सृष्टि गर्नु भो,
हेर्छु तारा, सुन्छु गर्जन डरलाग्दो,
प्रकट सामर्थ्य संसारमा तपाईंको ।
ChorusCh.
प्रशंसा होई रहोस् ईश्वरको,
कति महान कति महान
प्रशंसा होई रहोस् ईश्वरको,
कति महान कति महान ।
02
पहाड़ पर्वत जङ्गल म जब घुम्छु,
पक्षीहरू म सुन्छु गाएको
सुन्दर पहाडदेखि म तल हेर्छु,
खलखल आवाज खोलाको सुन्दछु ।
03
जब पिताले एकलौते पुत्रलाई,
दिए संसारको पाप उठाउनलाइ,
मेरो बदली क्रूसैमा उनी चढ़ी,
उद्वार मेरो गरे रगत बहाई।
04
जयध्वनि साथ येशू संसारमा आउँछन्,
असीम आनन्द साथ लैजान्छन् वहाँ,
विनम्र साथ उनलाई वहाँ पुज्नेछु,
महान ईश्वरको गर्छु प्रशंसा ।