Hymn 3
येशू नाउँ अपार प्रेमको सबैभन्दा श्रेष्ठ हो यो
01
येशू नाउँ अपार प्रेमको सबैभन्दा श्रेष्ठ हो यो
टेक्नु घुँडा सबैले पर्छ नाउँमा उनैको।
02
येशू नाउँ अमोल प्रेमको पापी जनका लागि हो
यसमा दिइयो करार जसले गर्दछ उद्धार ।
03
येशू नाउँ जो दया हो जो बालकलाई दिइयो
जसले भोगे महादुःख हामी सबलाई दिनु सुख।
04
येशू नाउँ यो दिइयो मुनि सारा स्वर्गको
पापी यसमा पत्याउँदा बचाइन्छ नै सदा ।
05
येशू नाउँ अपार प्रेमको ईश्वर मानिस नाउँको भो
यसमा आशा गर्ने नीच आउँदैछौं तपाई नगीच।