ChorusCh.
उदेकको सन्देश, त्यो उज्जवल ताराको,
सुन लौ सुन नील गगनमा,
उदाए हेर मुक्ति र शान्ति,
सत्य र प्रेमी तारणहार ।
01
हर्ष मनाऊ आनन्द मनाऊ,
पापको जञ्जीर दासत्वको राज्य,
तोड़ेर फाल्ने सत्यको राजा,
जन्म लिए ती गोठैमा।
उदेकको..........।
02
धन्य दयावन्त परमेश्वर पुत्र,
नाउँ उनको महान् असीम अपारको,
धन्य दयावन्त पवित्र आत्मा
जन्म लिए ती गोठैमा।
उदेकको..........।