Hymn 36
अन्धकारपूर्ण जगतमा ज्योति ल्याए उनले
ChorusCh.
उठी हेर! आकाशैमा नयाँ तारा उदाएको
सुनी हेर ! बतासैले नयाँ सन्देश ल्याएको
आनन्दले पूर्ण यो, शान्तिले पूर्ण यो
येशू राजा जन्मेको सुसन्देश (तिम्रो मेरो लागि हो)-२
01
अन्धकारपूर्ण जगतमा ज्योति ल्याए उनले
निराशाको जीवनमा आशा ल्याए उनले
परम ईश्वर अवतार लिई मानव बनी आउनुभो
तिमी मलाई बचाउनलाई जगतमा आउनुभो ।
02
लक्ष्यहीन जीवनको लक्ष्य बनी ख्रीष्ट आए जगतमा
प्राणहीनलाई जीवन दिन प्रभु पत्रे डूँड़ैमा
बाटो, सत्य र जीवन उनी मानव बनी आउनुभो
हाम्रो मुक्तिदाता बनी जगतमा आउनुभो।।