01
बेतलेहेमको त्यो शून्य रात, उदेकको हाम्रो नाथ
गरीबी छानी, तुच्छ नमानी (२)
पत्रिनुभयो डूँड़ैमा धन्य परमेश्वरको प्यार ।
ChorusCh.
आनन्द मनाऊ, खुशी मनाऊ, भए ख्रीष्ट अवतार
गराउन मृत्युपार, पापदेखि बचाउन संसार।
02
त्यागेर स्वर्गको सुख, उठाउन हाम्रो दुःख
आउनुभयो पाठो, हाम्रो साटो (२) हुनलाई महाबलिदान
धन्य यो सित्तैंमा दान ।
03
सुनन हे बहिनी - भाई ! चाहन्छन् ख्रीष्ट आउनलाई
गोठरूपी यो तुच्छ ह्रदयमा (२)
खोलौं ह्रदयको द्वार, निश्चय हुन्छौं मृत्यु पार ।