Hymn 33
ठिहीको याममा, उज्यालो तारा पूर्वमा उदाए,
01
ठिहीको याममा, उज्यालो तारा पूर्वमा उदाए,
सोधखोज गर्दै तारा हेरी त्यही रात बिताए
गोठाला पुगे, ज्योतिषी आए दर्शन गर्नलाई
त्यही रात जन्मे बेतलेहेम गोठमा उद्धार दिनलाई।
02
पैंयूँ फुल्यो, लालुपाते फुल्यो रमायो प्रकृति
झरनाले गायो हिमाली रागमा उहाँकै स्तुति
खोला र नाला ड़ाँड़ा र पर्वत पहाड़ी भेकमा
खुशीको लहर छाउँदछ फेरि यो जन्मदिनमा ।
03
सांरगी, मादल, टुङना र च्याब्रुङ लेकाली धुनमा
लेप्चा, भोटिया, नेपाली सबै गाऊँ एकै आवाजमा
जातित्वलाई अलग गरी येशूको एकतामा
नाचगान गरौं सुसमाचार सुनाऊँ यो बड़ादिनमा ।