Hymn 31
दुर्दशा यो सब देखी संसारको पापको भारले मानव मिचेको (२)
01
दुर्दशा यो सब देखी संसारको पापको भारले मानव मिचेको (२)
जिन्दगीको हाल सुधार्न भनी (२) ईश्वर पुत्र जगमा आए संकोच नमानी ।
02
ईश्वर र मानिसबीचको पर्दा पापी मानवको पापले गर्दा (२)
तोड़ी मानवलाई लान ईश्वरकहाँ (२) आउनुभो महान् ईश्वर दुष्ट संसारमा ।
03
शहर येरूशलेम, गावैं बेथलेहेम जन्मे गोठैमा बालक एक नरम (२)
ख्रीष्ट जीवनधार, येशू तारणहार (२) विश्वास ल्याई आउने जति हुन्छन् मृत्युपार ।