Hymn 28
आगाका वरि र परि गोठाला बसे,
ChorusCh.
भेड़ी गोठ चर्दा नि चर्दा रात परिगयो,
लौ अब ल्याए गोठैमा गोठालाहरूले।
01
आगाका वरि र परि गोठाला बसे,
आफ्ना नि आफ्ना खोरैमा भेड़ी है सबै पसे।
02
सबै ठाउँ अँध्यारो हुँदा उज्यालो भयो,
यो ज्योति के को भन्दै नि गोठाला सबै उठे।
03
स्वर्गदूत छेवैमा देखी डरले सब कामे,
नडराऊ सुन सुसमाचार भनी है दूतले थामे ।
04
गाईको गोठैमा सुन बेथलेहम गाउँमा,
तारणहार प्रभु जन्मिए गई हेर त्यो ठाउँमा।
05
भेड़ी गोठ सबै नि छाड़ी गोठाला हिँड़े,
प्रभुको दर्शन पाएर, दण्डवत प्रणाम गरे ।