01
भेड़ा बाख्रा थुनेर लै-लै, गोठालाहरू मिलेर लै-लै
अगेनामा आगो फुकेर, ताप्न लागे मिलेर लै-लै (२)
स्वर्गदूत छेवैमा आई, सुसमाचार सुनाउन थाले,
संसारैको मुक्तिदाताको, जन्म भयो गोठैमा। (२)
02
आकाशैको तारा हेरेर, चम चम गर्दै चम्किएको,
गोठालाहरू मिलेर लै-लै, जान लागे दर्शनमा । (२)
सानो डोड़मा बालकलाई, सुतिरहेको भेटे सबैले,
भेटी चढ़ाए दण्डवत गरी, सुसमाचार सुनाउँदै गए। (२)
03
आज हामी मिलेर लै-लै, मनको मैलो फ्याँकेर लै-लै,
चढ़ाऊँ आज दण्डवत गरी, ह्रदयको भेटी दिएर। (२)
हामी पापीलाई बचाउन, क्रूसमा प्राण दिएर। (२)
उनको जन्म उनको मृत्यु, जीवनको राँको बन्यो। (२)