01
प्रभु येशू हाम्रो साथमा होऊ, जीवनको बाटोमा डोऱ्याऊ
हामीलाई आफूमा मिलाऊ, प्रभु येशू हाम्रो साथमा होऊ ।
ChorusCh.
जबसम्म भेट्दैनौ, प्रभु ख्रीष्टको चरणमा
जबसम्म भेट्दैनौ, प्रभु येशू हाम्रो साथमा होऊ ।
02
प्रभु येशू हाम्रो साथमा होऊ, दुःख र विपत् देखि बचाऊ
आत्मिक भोजन हामीलाई देऊ, प्रभु येशू हाम्रो साथमा होऊ ।
03
प्रभु येशू हाम्रो साथमा होऊ, जोखिम जीवनमा जब आउँछ,
ख्रीष्टको प्रेमी हात समाउँछ, प्रभु येशू हाम्रो साथमा होऊ ।
04
प्रभु येशू हाम्रो साथमा होऊ, उच्च राख प्रेमको झण्डा
मृत्युको बाढ़ले धम्काउँदा, प्रभु येशू हाम्रो साथमा होऊ ।।