ChorusCh.
प्रभुलाई लिई शुन्य जीवनमा,
मुक्तिको आगो जलाई तिम्रो ह्रदयमा
01
जीवन बिताऔँ हाँसेर पापलाई त्यागेर (२)
मुक्तिलाई गाँसेर अमर भएर (२)
प्रेमको स्रोत उम्ल्याएर शुष्क ह्रदयमा ।
02
पापको दण्ड मृत्युदेखि दिनलाई छुटकारा (२)
बहाए उनले रगतको धारा (२)
अशान्तिको पीर होला तिम्रो हृदयमा ।
03
एउटै मात्र प्रभु हाम्रो जीवनको सहारा (२)
उदय भयो भाग्य सितारा (२)
मुक्तिदाता प्रभु येशू चढ़े क्रूसैमा ।
३७. विदाई